काठमाडौं–सिन्धुलीको दुधौली नगरपालिकामा मेयरमा माओवादीका दिनेश अधिकारीले अग्रता लिएका छन्।
१ सय मत गणना गर्दा अधिकारी ४३ मतसहित अग्रस्थानमा रहेका हुन्। दुधौलीमा वडा नम्बर १३ बाट मतगणना गर्न थालिएको हो।
यस्तै, एमालेका लक्ष्मण कार्कीले ३४, नेपाली कांग्रेस बीपीका गंगा गिरिले १ मत ल्याएका छन् भने २२ मत बदर भएको छ।
उपमेयरमा एमालेकी बालकुमारी अधिकारी ३५ मतसहित अग्रस्थानमा छिन्। नेपाली कांग्रेसका चन्द्रकिशोर थारुले २७ मत ल्याएका छन्। वडाध्यक्षमा नेपाली कांग्रेसको ३३ र एमालेको २० मत आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।