डडेलधुरा–प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन्।
कार्कीले ३ हजार ३८४ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस (बीपी) का सुरेन्द्र मालीले एक हजार ६०४ मत पाए। त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएकी छिन्। उनले ३ हजार १३ मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।