धनगढी–कैलालीको लम्कीचुहा नगरपालिकामा शनिबार दिउँसोबाट सुुरु भएको नगरपालिकामा गठबन्धन अगाडि छ। लम्कीचुहाको वडा नम्बर १ बाट मतगणना सुुरु भएको हो।
अहिलेसम्मको मतगणना अनुसार गठबन्धनका तर्फबाट मेयर उम्मेदवार सुशीला शाहीले ५८ मत पाएकी छन् भने एमालेका महादेव बजगाईंले ५५ मत पाएका छन्। मोतीपुरमा रहेको श्री राष्ट्रिय माध्यामिक विद्यालयमा मतगणना भईरहेको छ।
त्यसैगरी उपमेयरमा एमालेकी जुना चौधरी ५८ मतसहित अगाडि छिन्। गठबन्धनका तर्फबाट जानकी सिंहले ५५ मत प्राप्त गरेको निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिएका छन्। वडा नम्बर १ का वडा अध्यक्ष पदका उम्मेदवार लालबहादुुर कुमालले १९ मत पाएका छन् भने एमालेका अध्यक्ष पदका उम्मेदवार नेत्रप्रसाद खनालले २२ मत पाएका छन्।
वडा नम्बर ४ मा एमालेका अध्यक्ष पदका उम्मेदवार लालबहादुर बोगटीले २६ मत पाएका छन् भने गठबन्धनबाट एकीकृत समाजवादीका ताराप्रसाद अधिकारीले २३ मत प्राप्त गरेका छन्।
लम्कीचुहामा १० वडा रहेकाछन्। सबैभन्दा बढी जनसंख्या रहेको वडा नम्बर १ लाई महत्वका साथ हेरिएको छ। जम्मा मतदाता संख्या १० हजार १ सय २४ मध्ये ५ हजार ९ सय ३५ मत खसेको छ। यही वडाबाट जुन दलले धेरै मत ल्याउछ त्यही दल अगाडि हुने सम्भावना रहेकाले यो वडा अहिले चर्चामा रहेको हो। ५३ हजार ९ सय ४६ मतदाता रहेको लम्कीचुहामा ३३ हजार ९ सय ४८ अर्थात् ६३ प्रतिशत मत खसेको निवार्चन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।