डडेल्धुरा- डडेल्धुरामा नेकपा एमालेले खाता खोलेको छ। आलिताल गाउँपालिका–१ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर देउवा (योगेन्द्र) विजयी भएका छन्।
देउवाले नेपाली कांग्रेसका गम्भीर सिंह बोहरालाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन्। देउवाले ४ सय ५७ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्वी बोहराले ३७७ मत ल्याए।
महिला सदस्यमा हिमा ओली ४ सय २४ र दलित महिला सदस्यमा नारदादेबी कामी ३ सय ९२ मत प्राप्त गर्दै विजय भएका छन्। उनको प्यानलका खुला सदस्य प्रकाश थापा ३४८ र तुलाराम बोहरा ३६७ पराजित भएका छन्।
खुला सदस्यमा नेपाली कांग्रेसबाट रामबहादुर बोगटी ३ सय ९६ र कृष्ण खड्का ३८० मत ल्याउँदै विजयी भए। नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार सुरत बोहराले ६५ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।