काठमाडौं- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता बनाएको छ।
इन्द्रावती गाउँपालिकाको वडा नम्बर १ को १ हजार २३७ र वडा २ को ३०० सय मत गणना गर्दा अध्यक्षमा नेपाली कांग्रेसले अग्रता बनाएको हो।
कांग्रेसका अध्यक्षका उम्मेदवारले ५३९ मत पाउँदा एमाले उम्मेदवारले ५२१ मत पाएका छन्। त्यस्तै माओवादी केन्द्रका उम्मेदवारले ४१४ मत पाएका छन्।
उपाध्यक्षमा पनि कांग्रेसले अग्रता बनाएको छ।
कांग्रेसले ५३९ मत पाउँदा एमालेले ५२२ र माओवादी केन्द्रले ३९९ मत पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।