काठमाडौं–काठमाडौं महानगरपालिकाको हालसम्म सार्वजनिक भएको आधिकारिक मत परिणामअनुसार उपमेयरमा एमालेकी सुनिता डंगोलले ठूलो अन्तरले अग्रता लिएकी छन्।
वडा नम्बर १ को ५००, वडा नम्बर ३२ को ५०० मत र वडा नम्बर २ को १८० मतको परिणाम सार्वजनिक गरिँदा उनले ५२० मत प्राप्त गरेकी छन्। त्यस्तै गठबन्धनतर्फका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले ११० मत प्राप्त गरेका छन्। एकीकृत समाजवादीका श्रेष्ठभन्दा पछि राप्रपाका उम्मेदवार छन्। राप्रपाको हलो चिन्हमा १०५ मत परेको छ।
मेयर पदमा बालेन साहले ४०२ मत पाएका छन् भने एमालेका केशव स्थापितले ३१९ र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सृजना सिंहले २०२ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।