काठमाडाैैं-सिन्धुपाल्चोकको जुगल गाउँपालिका-१ मा नेपाली कांग्रेसका उम्मेदवार जनक तामाङ विजयी भएका छन्। शनिबार सम्पन्न मतगणनामा उनी ५ मतान्तरले विजयी भएका हुन्। उनले ५८४ मत प्राप्त गरे।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कमल थापाले ५७९ मत ल्याए। जुगल गाउँपालिका १ मा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन छ।
गठबन्धनका रेशम स्याङबाले ९७५ र कांग्रेसका उपाध्यक्ष हिमालकुमार श्रेष्ठले ८५९ मत ल्याएर अग्रता कायम राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।