दाङ- दाङको बबई गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। एमालेका वडाअध्यक्ष प्रमे बहादुर डाँगी ६६८ मतसहित विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार यज्ञबहादुर बिस्ट ५५७ मत ल्याएका छन्।
यस्तै, खुला सदस्यमा चन्द्र रागु र रमेश कुवर विजयी भएका छन् भने महिला सदस्यमा गौरी पुन विजयी भएकी छिन्। यस्तै दलित सदस्यमा शान्ता परियार विजयी भएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।