काठमाडौं- स्थानीय तह निर्वाचनको शुक्रबार भएको निर्वाचनको मतगणना जारी छ। सर्वाधिक चर्चामा रहेका महानगरपालिकामा पछिल्लो अवस्था कस्तो छ भन्ने आम चासो रहेको छ।
६ महानगर मध्ये वीरगञ्ज महानगरपालिकामा शनिबार अपराह्न ३ बजेबाट मतगणना सुरु भएको छ। त्यहाँको सुरुवाती परिणाम सार्वजनिक भएको छैन।
त्यस्तै पोखरा महानगरपालिकामा पनि ढिलो गरी मतगणना सुरु भएकोले प्रारम्भिक मतपरिणाम प्राप्त भएको छैन।
मतगणना भइरहेका महानगरपालिकाको पछिल्लो मत परिणामः
काठमाडौँ महानगरपालिका*
बालेन साह (स्वतन्त्र)- ४०२
केशव स्थापित (एमाले)- ३१९
सिर्जना सिंह (कांग्रेस)- २०२
ललितपुर महानगरपालिका
चिरिबाबु मर्हजन (कांग्रेस)- ११०
हरिकृष्ण व्यञ्जनकार (एमाले)- ४७
चितवन महानगरपालिका
विजय सुवेदी (एमाले)- ६६
रेनु दाहाल (माओवादी केन्द्र)- ५१
विराटनगर महानगरपालिका
नागेश कोइराला (कांग्रेस)- २५०
सागर थापा (एमाले)- १७१
(यसअघि प्रकाशित समाचारमा गलत तथ्यांक पर्न गएकाले परिवर्तन गरिएको छ। काठमाडौं महानगरपालिकाको प्रस्तुत मत शनिबार बेलुका पौने ७ बजेको हो)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।