सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मतगणना जारी छ। १४ सय मत गणना हुँदा उक्त नगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ।
नगरपालिका प्रमुखमा एमाले उम्मेदवार इन्द्र बहादुर नेपाल ४३५ मतसहित अग्र स्थानमा छन्। दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार केशव गिरी रहेका छन्। उनले ३१४ मत पाउँदा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा ४१३ मतसहित तेस्रो स्थानमा छन्।
उपप्रमुखमा पनि एमालेले अग्रता बनाएको छ। एमालेकी बालकुमारी सापकोटा ४५२ पाउँदा नेपाली कांग्रेसले ३१५ र एकीकृत समाजवादीले २९४ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।