काठमाडौं- ललितपुर उपमहानगरपालिका मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले मतगणनामा ढिलाइ भइरहेको भन्दै आपत्ति जनाएका छन्।
उनले मतदानस्थल साँघुरो र अप्ठारो देखिएको पनि बताए। उनले मत गणनामा रहेकाहरुले पर्याप्त रुपमा नदेखाउने गरेको दाबी गरे।
उनले यसले मत गणनामा चित्त बुझाउन नसकिने भनेपछि फेरि देखाएको भन्दै उनले कोठा पनि अध्यारो रहेको भन्दै आयोगको ध्यानाकर्षण गराएका छन्।
ललितपुरमा हालसम्म १०० मतको गणना भइरहेको छ। जसमा गबन्धनका उम्मेदवार चिरिबाबु मर्हजनले अग्रता लिएका छन् भने ब्यञ्जनकारले पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।