काठमाडौं–मनाङको चामे गाउँपालिकामा मतगणना सुरु भएको छ। प्रारम्भिक मतगणनामा नेकपा एमालेका अध्यक्ष र उपाध्यक्षले सुरुवाती अग्रता लिएका छन्।
मुख्य निर्वाचन अधिकृत पुनराम खनालका अनुसार एमालेका अध्यक्ष लोकेन्द्रबहादुर घलेले १५२ र उपाध्यक्ष उम्मेदवार आशाकुमारी गुरुङले १५४ मत पाएका छन् । कांग्रेसका अध्यक्ष उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्ष उम्मेदवार मिङमार ढोमा लामाले १२९ मत ल्याएकी छन्।
घले यसअघि पनि गाउँपालिका जितेका व्यक्ति हुन्। खनालका अनुसार १ र २ नम्वर वडाको मतगणना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।