काठमाडौं–बैतडीमा ६७.२२ प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभरिमा कूल एक लाख ४८ हजार ६०६ मतदातामध्ये ९९ हजार ८९६ मत खसेको छ। यो कूल मतदाताको ६७.२२ हो।
बैतडीका १० स्थानीय तहमा २०५ मतदान केन्द्र थिए।
स्थानीय तहमा कति खस्यो मत ?
१. दशरथचन्द नगरपालिका १३,५९१
२. मेलौली नगरपालिका ९,०६१
३. पुर्चौडी नगरपालिका १४,८७२
४. पाटन नगरपालिका १३,५६१
५. शिवनाथ गाउपालिका ६,७३३
६. सुर्नाया गाउपालिका ७,८०३
७. पन्चेस्वर गाउपालिकामा ६६९७
८. डिलासैनी गाउपालिका ९,२९७
९. दोगडाकेदार गाउँपालिका ९,७४७
१०. सिगास गाउपालिका ८,५३४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।