काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘वैशाख ३०’ ले केही प्रश्न छाडेर गएको बताएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले भनेका छन्, ‘लोकतन्त्र बलियो बनाउने पाटोका अलावा आत्मसमीक्षाका थुप्रै प्रश्न वैशाख ३० ले छाडेर गएको छ, तालमेल प्रक्रियाको बेमेल, टिकट वितरणको बेथिति,केही स्थानका अस्वस्थ गतिविधि आदि।’
उनले तत्कालीन परिणामको आत्मसन्तोष लिइरहँदा दीर्घकालीन भविष्यको आत्मचिन्तनतर्फ गम्भीरता जरुरी रहेको पनि उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘लोकतन्त्रको `भौतिक वर्तमान´ निर्वाचन हुनुसँग सम्बन्धित हुन्छ भने `लोकतन्त्रको आत्मा र भविस्य ´ निर्वाचनको संस्कृतिसँग गाँसिएको हुन्छ ! तत्कालीन परिणामको आत्मसन्तोष लिइरहँदा दीर्घकालीन भविस्यको आत्मचिन्तनतर्फ गम्भीरता जरुरी छ ! हामी गहन ढंगले यसमा प्रवेश गर्नेछौं !'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।