इलामको सूर्योदय नगरपालिकाको भवानी आधारभूत मतदान केन्द्रबाट मतदानमा सहभागी हुँदै ९१ वर्षीया शिवमाया नेपाल।
इलाम– इलामको सूर्योदय नगरपालिका–१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीया जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गरेकी छन्।
उत्तिकै उत्साहका साथ आठौँ पटक मतदानमा सहभागी उनले स्थानीय तहको भविष्य कोर्ने भएकाले आफूले चाहेको उम्मेदवारलाई मतदान गरेको बताइन् । उक्त केन्द्रमा कूल तीन हजार ३९ मतदातामध्ये एक हजार ४४२ महिला र एक हजार ५९७ पुरुष मतदाता रहेको बताइएको छ।
यस्तै, सोही नगरपालिकाको भवानी आधारभूत विद्यालयको मतदान केन्द्रबाट ९१ वर्षीय शिवमाया नेपालले पनि मतदान गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।