ललितपुर- ललितपुर महानगरपालिकाको मतगणना भोलि मात्रै सुरु हुने भएको छ।
जिल्ला निर्वाचन कार्यालय कार्यालय ललितपुरका अनुसार शुक्रबार मतपेटिका संकलनको कार्य सकेपछि शनिबारबाट मतगणना सुरु गर्ने तयारी रहेको छ।
बिहान ७ वजेका लागि सर्वदलीय बैठक बोलाइएको छ।
सर्वदलीय बैठकपछि शनिबार बिहानबाट मात्र मतगणना सुरु गरिने जिल्ला निर्वाचन अधिकृत गोमा धमलाले जानकारी दिइन्। पोखरा र विरगञ्जमा पनि भोलिदेखि मतगणना गर्ने तयारी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।