काठमाडौं- निर्वाचन आयोगले स्थानीय तहको आज (शुक्रबार)को निर्वाचनमा ६४ प्रतिशत मतदान भएको अनुमान गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६४ प्रतिशतको अनुमान प्रस्तुत गरेका हुन्। उनले सोही प्रतिशतको हाराहारीमै मतदान होला भन्ने लागेको बताए।
आयोगले अपेक्षा गरे अनुसार मतदान भएन कि भन्ने लागेको पनि उनले थपे। यसअघि उनले ६५ देखि ७२ प्रतिशतसम्म मत खस्ने आकलन प्रस्तुत गरेका थिए।
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।