रौतहट– रौतहटको यमुनामाई गाउँपालिकाअन्तर्गतको १ मतदान केन्द्रबाट लुटिएका मतपेटिका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।
यमुनामाई गाउँपालिका-२ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको थियो। मतदानका क्रममा विवाद उत्पन्न भएपछि केही स्थानीयहरुले मतपेटिका लुटेर लगेका थिए।
रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले दिउँसो विवाद भएपछि सर्वदलीय बैठक चलिरहँदा छलफलमा रहेका राजनीतिक दलका प्रतिनिधि मध्ये केहीले मतपेटिका उठाएर हिँडेको देखिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।