काठमाडौं- देशभर आज एक साथ स्थानीय तहको निर्वाचन भएको छ।
मतदानका लागि बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको समय तोकिएको थियो। आयोगले तोकेको समय सकिए पनि कतिपय स्थानमा भने मतदान भइरहेको छ।
पाँच बजेभित्र मतदान केन्द्रमा पुगेका मतदातालाई भने मत हाल्न दिइएको आयोगले जनाएको छ
मतदान सम्पन्न भएका मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको आयोगले जनाएको छ। धेरै स्थानमा आजै मतगणना थाल्ने तयारी आयोगको छ।
देशका कतिपय मतकेन्द्रमा बिबाद हुँदा मतदान स्थगित भएको छ र कतिपय स्थानमा मतदान गराउने प्रयास जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।