सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ५ मा गोली चलेको छ।
सिन्धु पुरानागाउँ मावि केन्द्रमा मतदानका लागि निर्धारित समय सकिनै लाग्दा नागरिकताको फोटोकपीबाट मतदान गर्न नपाउने भनेपछि अवस्था तनावग्रस्त बनेको थियो।
अवस्था तनावग्रस्त बनेपछि प्रहरीले पाँच राउण्ड हवाइ फायर गरेको छ। अहिले मतदान केन्द्रमा सेना पुगेसँग अवस्थालाई नियन्त्रणमा लिएको जनाइएको छ।
अहिलेसम्म १७ सय भन्दा धेरै मत खसेको र केही मत खस्न बाँकी रहेको जनाइएको छ। यतिबेला सर्वदलीय बैठक बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।