तनहुँ- तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा स्थानीय तहको निर्वाचनको क्रममा शुक्रबार उक्न नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशी घाइते भएका छन्।
कुटपिटबाट घाइते भएका जोशीलाई दमौली अस्पताल लगिएको छ।
दमौली अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं लैजान तयारी गरिएको छ।
ब्यास नगरपालिका-८ स्थित मतदान केन्द्र निरीक्षणका लागि पुगेका उनीमाथि आक्रमण भएको थियो।
उक्त नगरपालिकामा जोशीले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।