काठमाडौं- स्थानीय तहको शुक्रबार भइरहेको निर्वाचनमा अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मत खसेको छ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलले बिहान ७ बजेदेखि जारी मतदानमा अपरान्ह ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको बताएका हुन्।
दिउँसो ३ बजेसम्म झन्डै ४६ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका थिए।
बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान केन्द्रमा लाइन लागेका मतदातालाई मत हाल्न दिने आयोगको भनाइ छ। दिउँसो अवरोध भएका वा मौसमका कारणले मतदान केही समयपछिसम्म जारी रहने सम्भावना छ।
६५ प्रतिशतदेखि ७२ प्रतिशतसम्म मत खस्ने आकलन गरेको थपलियाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।