मेलम्ची- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिको वडा नम्बर ९को ज्यामिरेमा पुन: मतदान रोकिएको छ।
शुक्रबार बिहान मतदानका क्रममा बिबाख हुदाँ नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएर मतदान गराएको थियो।
बिहान नेपाली कांग्रेसका कार्यकर्ताले बिबाद गरेपछि सेनाले अवस्था नियन्त्रणमा लिएको थियो। दिउँसो नेकपा एमालेका एक कार्यकर्ता पर्खाल चढेर मतदान स्लथलमा प्रवेश गरेपछि विवाद भएको हो।
अर्का मतदाताले मत दिने बेलामा सहयोगी बन्न खोजेका उनले नपाएपछि पर्खाल नाघेर मतदानस्थल छिरेपछि विवाद भएको हो हालसम्म मतदान सुचारु हुने आसमा मतदाता लाइनमै रहेका छन्।
प्रमुख जिल्ला अधिकारी वेधनीधि खनालका अनुसार पुन: मतदान गराउने प्रयासका लागि सर्वदलीय वैठक चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।