काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले साँझ पाँच बजेसम्म ६५ देखि ७२ सम्म मतदान हुने आँकलन गरिएको बताएका छन्।
शुक्रबार मतदान जारी रहँदा पत्रकारसँग कुरा गर्दै उनले केही स्थानमा यो भन्दा धेरै मतदान हुने देखिएको बताए।
‘केही स्थानमा हेर्दा त्यो भन्दा माथि मत खस्ने अनुमान गरिएको छ’ उनले भने ‘शान्तिपूर्ण र कम मतदाता भएको स्थानमा यो भन्दा धेरै मत खसेको छ।’ केही जिल्लामा मतदान केही समयका लागि रोकिएको बताए।
उनले यसरी रोकिएका स्थानहरु राजनीतिक दलका कारण भएको उनले दाबी गरे। उनले हुम्ला, सर्लाही, रौतहट र काभ्रे लगायत अन्य स्थानमा समस्या देखिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।