काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जेठ ५ गतेभित्र सवै स्थानीय तहमा मतगणना लगायत सवै काम गर्ने गरि तयारी गरेको बताएका छन्।
शुक्रबार स्थानीय तहको निर्वाचन जारी हुँदै गर्दा उनले पत्रकारहरुसँग कुरा गर्दै स्थानीय तहको अविच्छिन्नता नटुटोस् भनि यस्तो कोसिश गरेको बताए।
उनले पुन: निर्वाचन हुने गरि रोकिएका स्थानमा पनि उक्त मितिमा सक्ने तयारीमा आयोग हुने बताए। पुन मतदान गर्नुपर्ने अवस्था आउन नदिन उनले दलहरुलाई आग्रह गरे। ‘अझै पनि २ घन्टा समय बाँकी भएकाले मतदातालाई फेरि मत दिने अवस्था आउन नदिन आयोगले आग्रह गरेको छ ’ उनले भने ‘अहिलेसम्म मतदान शान्तिपूर्ण भएकाले बाँकी अवधिमा पनि होस् भन्ने हाम्रो चाहाना छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।