फाइल तस्बिर
अछाम- अछामका दुई मतकेन्द्रमा निर्वाचन स्थगित भएको छ। पञ्चदेवल विनायक नगरपालिका-५ लयाटी र साँफेबगर नगरपालिका- १३ बाब्लामा मतदान प्रकृया स्थगित भएको हो।
लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र गठबन्धनका उम्मेदवारपक्षबीच झडप भएको थियो।
त्यसक्रममा मतपेटिका तोडफोड गरिनुका साथै मतपत्रसमेत च्यातिएका छन्। त्यसक्रममा चार जना घाइते भएको जनाइएको छ।
उता साँफेबगर नगरपालिका- १३ बाब्लामा कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच बिबाद भएपछि मतदान स्थगित भएको हो।
मतदान पुन: सुरु गर्ने विषयमा सहमति खोज्नका लागि सर्वदलीय बैठक बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।