काभ्रे- काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान प्रभावित भएको छ।
मतपत्रका विषयमा विवाद हुँदा मतदान केन्द्रमा तोडफोड भएको छ। मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशितहरुले केन्द्रमा तोडफोड गरेका हुन्।
आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।