काठमाडौं- स्थानीय तहको निर्वाचन शुक्रबा बिहान ७ बजेदेखि जारी रहेको छ। मतदाताले उत्साहका साथ मतदान गरिरहँदा देशका विभिन्न स्थानमा हल्का र मध्यम वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टाको विवरण अनुसार काठमाडौंसहित,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा वर्षा भएको छ।
मधेष प्रदेशका केही भागमा पनि वर्षा भइरहेको र थप वर्षा हुने बादल विकसित भइरहेको मौसमविद बिनु मर्हजनले जानरकारी दिइन्।
बागमती प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको देखिएको उनले बताइन्। ललितपुरको लेले ,काठमाडौंको एयरपोर्ट, चितवनका केही क्षेत्रमा वर्षा भएको उनले बताइन्।
काभ्रे र मकवानपुरका केही क्षेत्रमा वर्षा भइरहेको छ। त्यस्तै गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ केही स्थानमा हल्का र मध्यम वर्षा भएको छ। लुम्बनी प्रदेशको नवलपरासी र रुपन्देही र सुदूर पश्चिमका डडेलधुरा लगायक केही स्थानमा वर्षा भएको छ। पूर्वतिर झापा लगायतका क्षेत्रमा पानी परेको पछिल्लो ६ घण्टाको तथ्यांकमा देखिएको उनले बताइन्।
चितवन क्षेत्रमा पानी पर्ने बादल विकास भएर उक्त बादल पूर्व दक्षिण सरेकोले मधेश प्रदेशमा पानी पर्ने थप सम्भावना देखिएको उनले बताइन्।
कर्णालीमा पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना देखिएको छ। बागमती, गण्डकी र लुम्बिनी र मधेश प्रदेशमा हल्का र मध्यम वर्षाका कारण कतिपय मतकेन्द्रमा मतदानमा प्रभावित भएको छ।
निनर्वाचन आयोगका अनुसार १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ। आयोगले ७५ प्रतिशत मतदान हुने अनुमान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।