काठमाडौं- झापाका दुई जना मतदान अधिकृत र एक जना कार्यालय सहयोगी कारबाहीमा परेका छन्। कमल गाउँपालिका–६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्ण कारबाहीमा परेका हुन्।
उनलाई जिल्ला निर्वाचन कार्यालयले कारबाही स्वरुप फिर्ता बोलाएको झापा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए।
कमल ६ स्थित पाणिनी माविको मतदान केन्द्र ‘ग’ मा खटिएका कर्णले बिहीबार एक जना उम्मेदवारलाई ८८ वटा मतदाता परिचय पत्र उपलब्ध गराएका थिए।
सम्बन्धित व्यक्तिले लिन आउनुपर्ने मतदाता परिचय पत्र कर्णले उम्मेदवारलाई नै वितरण गर्न भन्दै उपलब्ध गराएपछि उनलाई कारबाही स्वरुप फिर्ता बोलाइएको रिजालले बताए।
यस्तै मादकपदार्थ सेवन गरी मतदानस्थलमा पुगेको आरोपमा झापा गाउँपालिका ६ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेत कारबाहीमा परेका छन्। झापा ६ सरणामतिस्थित जनता मावि मतदान केन्द्र ‘ग’ का सहायक अधिकृत बस्नेतले मादक पदार्थ सेवन गरेर आएको मतदाताको गुनासो पछि उनलाई मतदानस्थलबाट हटाइएको छ।
मादक पदार्थ सेवन गरेको भए नभएको प्रमाणित गर्न बस्नेतलाई अस्पताल भर्ना गरेको रिजालले बताए। यसैगरी, एक जना कार्यलय सहयागी पनि कारबाहीमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।