काठमाडौं- काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदकी उम्मेदवार सिर्जना सिंहले आफूले जित्नेमा ढुक्क रहेको बताएकी छन्।
शुक्रबार काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित नेपाल युवक माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूले काठमाडौंको विकास गर्न उम्मेदवारी दिएको बताउँदै जित्नेमा ढुक्क रहेको बताइन्।
‘म सामाजिक अभियन्ता हुँ। र, घर पनि सम्हालेर आएको महिला हुँ। काठमाडौं महानगरलाई एउटा महान घरको रुपमा लिएर व्यवस्थित, स्वच्छ, सुन्दर र सुरक्षित बनाउछु भनेर आएको छु। त्यसैले डर छैन, खुसी छु। म जित्छु भनेर ढुक्क छु,’ उनले भनिन्।
आफू सपना बाढ्न नआएको बताउँदै सक्ने कुरा गर्ने पनि उनले प्रतिबद्धता जनाइन्।
‘म काठमाडौंलाई सफा गर्न आएको हुँ। म सपना बाढ्न र नसक्ने कुरा गर्न आएको पनि होइन। म काम गर्न भएको हुँ, गरेर देखाउँछु,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।