काठमाडौं- रूकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको पेल्मा मतदान केन्द्रमा नेपाली कांग्रेसले मतदान प्रक्रिया बहिष्कार गरेको छ।
जसका कारण अहिले मतदान कार्यक्रम स्थगित भएको छ।
बिहीबार माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई कुटेका थिए।
उक्त घटना आचारसंहिता विपरीत रहेकोले कारबाही गर्न आग्रह गरेकोमा सुनवाइ नभएकोले बहिष्कार गरेको कांग्रेस जिल्ला सभापति केशरमान रोकाले बताए।
यद्यपि, स्थानीयस्तरका कार्यकर्ताले त्यसो गरेपनि आफूले नगर्न भनेको रोकाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।