काठमाडौं- ओखलढुङ्गाको चम्पादेविको मिश्र भञ्याङको मतदान केन्द्रमा दुई पार्टीका बीचमा झडप भएको छ।
प्रहरीले राजनीतिक दलहरुका बीचमा भएको झडपपछि स्थिति नियन्त्रणमा लिएको र अहिले पुन: मतदान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तमाङले बताए।
उनका अनुसार बिहान नौ बजे मतदानका लागि लाइनमा बसेको समयमा लाइन लाग्ने क्रममा मतदाता आफैंले झगडा गरेका थिए । उक्त झडपपछि सबै राजनीतिक दलहरुको बैठक राखेर अहिले मतदान सुरु गरिएको तमाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।