काठमाडौं– कांग्रेस महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा नागरिकमा उत्साह पाएको बताएका छन्।
शुक्रबार आफ्नो मतदान केन्द्र मैतिदेवी मन्दिरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावको समयमा जनतामा उत्साह पाएको बताएका छन्।
त्यस्तै, उनले आफू चुनावको प्रचार पसारको क्रममा १४ जिल्ला पुगेको र त्यहाँको अनुभवबाट यो निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने देखिएको पनि बताएका छन्।
उनले काठमाडौं महानगरपालिकामा पनि कांग्रेसकै उम्मेदवारले बाजी मार्ने दाबी गरे। उनले भने, ‘चुनाव अवरुद्ध नहोस्। सबैले मताधिकार प्रयोग गर्नुभएको छ। म निर्वाचनको प्रचार पसारको क्रमम १४ जिल्लामा पुगें। सबैतिर गएँ। उत्साह पाएको छु। कांग्रेस पहिलो पार्टी बन्छ। काठमाडौं महानगरपालिका हामी जित्छौं। यसका केही कारण छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।