प्रतिकात्मक तस्बिर।
काठमाडौं- दोलखाको बैत्यश्वरमा दुई पक्षबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ।
दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाका अनुसार दुई पक्षबीच ढुंगा हानाहान भएपछि स्थिति नियन्त्रणमा लिनका लागि हवाइ फायर गरिएको हो। घटनामा मानवीय क्षति भने भएको छैन।
नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबाट बुथ कब्जाको प्रयत्न भएपछि ढुंगामुढा र झडपको अवस्था आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।