काठमाडौं- सिरहाको औरही गाउँपालिकाका अध्यक्षका माओवादी उम्मेदवार सिद्धार्थ यादव पक्राउ परेका छन्।
बिहीबार साँझ झडप भएपछि त्यसमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो। सिरहाका डीएसपी सुवास बुढाथोकीकाअनुसार उनलाई घटनास्थलबाट पक्राउ गरिएको हो। यद्यपि, उनलाई बिहान छाडिएको छ।
उनी निर्वतमान अध्यक्ष पनि हुन्। डिएसपी बुढाथोकीले नेपाल लाइभसँग भने, ‘हिजो राति निर्वाचनको विषयमा झडप भएकाले नियन्त्रणमा लिइएको थियो। बिहान उहाँलाई जिम्मा लगाएर पठाइएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।