काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन्। उनले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदान केन्द्रबाट मतदान गरेका हुन्।
उनले बिहान ७ बजे उक्त मतदानस्थलको ‘ख’ केन्द्रमा मतदान गरेका हुन्।
मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए।
उनले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरे। थपलियाले मतदान गर्नुअघि मतदानस्थलको अवलोकन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।