काठमाडौं- राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले मतदान गरेका छन्। उनले पर्वतको मोदी गाउँपालिका-७ राम्जाको पशुपति मावि `क´केन्द्रबाट मतदान गरेका हुन्।
उनले बिहान ७:३० बजे मतदान गरेका हुन्। स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अगाडि आफ्नो गाउँ पुगेका थिए।
सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।