रोल्पा– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले गृहजिल्ला रोल्पामा मतदान गरेका छन्।
पुन र घर्तीले रोल्पा नगरपालिका–७ माडीचौरस्थित बालउदय मावि केन्द्रबाट बिहान ७ बजे मतदान गरेका हुन्। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा आफूलाई मन पर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।
निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आफ्नो दलका तर्फबाट सबै प्रकारको सहयोग गर्न तयार रहेको उनले बताए। रोल्पामा रोल्पा नगरपालिकासहित १० स्थानीय तह छन्।
माओवादी केन्द्र एक्लै र कांग्रेस, एमाले, विप्लव नेतृत्वको नेकपा र राप्रपाले चुनावी गठबन्धन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।