काठमाडौं–प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मध्यपुर थिमि १ लोकन्थली उपस्वास्थ्य चौकी निष्ट स्कुल मतदान केन्द्रबाट मतदान गर्ने भएका छन्। उनले बिहान ६.५५ बजेको समयमा उक्त स्थानमा मतदान गर्ने आयोगले जनाएको छ।
यस्तै, आयुक्तहरु इश्वरीप्रसाद पौड्यालले ललितपुर सानेपाको टिका विद्याश्रम मावि, रामप्रसाद भण्डारीले काठमाडौं अनामनगरको मिलन विद्यामन्दिर स्कुलबाट, जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका २ को महेन्द्र मन्दिर मावि परेवाडाँडा र सगुनशमसेर जबराले टोखा नगरपालिका ४ को धापासी निमावि केन्द्रबाट मतदान गर्नेछन्।
सचिव गोकर्णमणि दुवाडीले नागार्जुन नगरपालिकाको रिडमोडल कलेज ठूलो भरेङ केन्द्रबाट मतदान गर्ने आयोगले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।