काठमाडौं–गृह मन्त्रालयले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायका सुरक्षाकर्मीहरु समन्वयात्मक रुपमा परिचालन गरी सबै मतदानस्थलहरुमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ।
मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी कोही कसैको डर, धम्की तथा प्रलोभनमा नपरी सम्पूर्ण मतदाताहरुलाई मतदान कार्यमा सरिक भई आफ्नो मताधिकारको प्रयोग गर्न अनुरोध गरेको छ। यस्तै, निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरण गर्न सम्पूर्ण राजनीतिक दल तथा सरोकारवाला पक्षहरुलाई आग्रह गरेको छ।
कहीँ कतैबाट डर, त्रास, धम्की आएमा तथा असुरक्षा महसुस भएमा नजिकको स्थनीय प्रहरी इकाई वा प्रहरीको नम्बर १०० वा जिल्ला प्रहरी प्रमुख वा प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।