काठमाडौं- निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दोस्रो पटक निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधेको छ।
मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रचण्डलाई यसअघि पनि आयोगले स्पष्टीकरण सोधेको थियो। तत्कालीन समयमा उनले गरेको भाषणलाई लिएर आयोगले स्पष्टीकरण सोधेको थियो भने
बिहीबार भरतपुर महानगरमा मेयरकी प्रतिस्पर्धी रेणु दाहालका लागि मौन अवधिमा प्रचार प्रसारको आचारसंहिता उल्लंघन गरेको अभियोगमा सोधिएको हो।
चितवन पुगेर गठबन्धनका नेता तथा कार्यकर्तासहित उमेदवारसँग भेटेको भन्दै आयोगले प्रचण्डलाई २४ घन्टाभित्र जवाफ दिन भनेको छ।
आयोगले मौन अवधिमा प्रचार–प्रसार तथा राजनीतिक गतिविधि गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले यहाँलाई किन कारबाही गर्नु नपर्ने भन्दै स्पष्टीकरण दिन भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।