काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले स्थानीय तहको निर्वाचनमा पर्वतको मोदी गाउँपालिकाबाट मतदान गर्ने भएका छन्।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गृहजिल्ला पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ राम्जास्थित पशुपति माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्ने उनका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिएका छन्।
स्थानीय तहको निर्वाचनअन्तर्गत शुक्रबार मतदान हुँदैछ। राष्ट्रपति र उपराष्ट्रपतिले भने निर्वाचनमा मतदान नगर्ने जनाइएको छ।
तर, प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रिय सभाका अध्यक्ष विभिन्न दलका शीर्ष नेताहरुले आ–आफ्नो मतदाता नामावली रहेको मतदान केन्द्रबाट मतदान गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।