काठमाडौं- आरोही लाक्पा शेर्पाले १०औं पटक सगरमाथाको सफल आरोहण गरेकी छन्। यसअघि ९ पटक सगरमाथा चढेकी ४८ वर्षीया शेर्पाले बिहीबार बिहान फेरि सगरमाथा आरोहण गरेकी हुन्।
यससँगै उनले सर्वाधिक सगरमाथा चढ्ने महिला आरोहीको रेकर्ड बनाएकी छन्। उनले यसअघिको आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएकी हुन्।
सन् २००० मा उनले पहिलोपटक सगरमाथा चढेकी थिइन्। यसअघि, १९९३ मा पासाङ लाहामु शेर्पाले पहिलो नेपाली महिलाका रुपमा सगरमाथा चढेकी थिइन्।
लाक्पाका ३ सन्तान छन्। लाक्पाले यसअघि सुत्केरी भएको ८ महिनापछि र २ महिनाको गर्भवती हुँदासमेत सगरमाथा आरोहण गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।