काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
मौन अवधिमा आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेको विषयमा गुरुङसँग २४ घण्टे स्पष्टीकरण मागिएको आयोगले जनाएको छ।
एमाले उम्मेदवारलाई मत दिएर जिताउन आफ्नो फेसबुक एकाउन्टबाट बुधबार बिहान ८ : १० बजे भिडियो पोष्ट गरी आचारसंहिता विपरीत अपिल गरेको भन्दै आयोगले उनलाई स्पष्टीकरण सोधेको हो।
‘यहाँले मौन अवधिमा एमालेका उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको कार्य निर्वाचन आचारसंहिताको उलंघन भएकाले किन कारबाही गर्नु नपर्ने हो?’, आयोगले भनेको छ।
सामाजिक सञ्जालमा पोष्ट भएको भिडियोबारे व्यापक आलोचना भएपछि गुरुङले बुधबार नै उक्त भिडियो हटाएका थिए।
यस्तै, आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ।
मन्त्री आलेले निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेकाले २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।