• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

झन् खस्किंदो अवस्थामा अर्थतन्त्र– मुलुक २ खर्ब ६८ अर्ब घाटामा, मूल्यवृद्धि ७.२८ प्रतिशत पुग्यो

64x64
नेपाल लाइभ बुधबार, वैशाख २८, २०७९  १८:२८
1140x725

काठमाडौं– देशको समग्र अर्थतन्त्रको अवस्था झन खस्किएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आव २०७८/०७९ को ९ महिनाको तथ्याङ्कमा अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक देखिएका छन्। 

९ महिनाको अवधिमा महंगी बढैर ७.२८ प्रतिशत पुगेको छ। २०७८ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता  मुद्रास्फीति ७.२८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही  महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो। 

स्रोत: नेपाल राष्ट्र बैंक

९ महिनाको अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति  ७.१८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ। 

९ महिनाको अवधिमा निर्यात ६९.९ प्रतिशतले बढेपनि व्यापार घाटा नियन्त्रणमा त्यसको कुनै सकारात्मक प्रभाव परेको छैन। ९ महिनाको अवधिमा १४ खर्ब ६६ अर्ब रुपैयाँको आयात हुँदा १ खर्ब ६० अर्ब ५७ करोडको मात्रै निर्यात भएको केन्द्रीय बैंकले जनाएको छ। 

स्रोत: नेपाल राष्ट्र बैंक

९ महिनाको अवधिमा मुलुकको भुक्तानी सन्तुलन २ खर्ब ६८ अर्ब २६ करोड घाटामा रहेको केन्द्रीय बैंकले जनाएको छ। चालु आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्म देशबाट बाहिरिने र भित्रिने रकमको अन्तर (शोधनान्तर) २ खर्ब २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ।

समीक्षा अवधिमा चालु खाता ५ खर्ब १२ अर्बले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा थियो। समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ३९.५ प्रतिशतले कमी आइ ७ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३३.७ प्रतिशतले बढेर १६ अर्ब ५१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

कूल विदेशी विनिमय सञ्चिति (विदेशी मुद्राको सञ्चिति) पनि घट्दो क्रममा रहेको छ। नेपालसँग रहेको विदेशी मुद्रा (विनिमय) सञ्चिति चालु आर्थिक वर्षको फागुन महिनाको तुलनामा चैत ३ अर्ब ८ करोड रुपैयाँले घटेको छ।

फागुन मसान्तसम्म कूल विदेशी मुद्राको सञ्चिति ११ खर्ब ७१ अर्ब रुपैयाँ थियो। चैत मसान्तसम्म आइपुग्दा ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अघिल्लो आर्थिक वर्षको असार मसान्तमा वैदेशिक विनिमय सञ्चिति १३ खर्ब ९९ अर्ब  रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको ९ महिनामा १६.५ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्र  मसान्तमा १८.२ प्रतिशतले कमी आइ ९ अर्ब ६१ करोड  कायम भएको छ।  

स्रोत: नेपाल राष्ट्र बैंक

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा  रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३  करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७.९ प्रतिशतले  कमी आइ १० खर्ब २१ अर्ब ४५ करोड कायम भएको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा ५.१ प्रतिशतले कमी आइ १ खर्ब ४६ अर्ब ४८ करोड कायम भएको छ। 
चालु आर्थिक वर्ष २०७८/०७९ को ९ महिना (साउनदेखि चैतसम्म)को अवधिमा विप्रेषण (रेमिटेन्स) आप्रवाह ०.६ प्रतिशतले घटेको छ। 

चालु आवको ९ महिनामा विप्रेषण (रेमिटेन्स) आप्रवाह ०.६ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। 

चालु आवको चैत मसान्तसम्म ७ खर्ब २४ अर्ब ७४ करोड रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।  चैत महिनामा मात्रै ९३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृत  लिने नेपाली संख्या भने उल्लेख्य रुपमा बढेको केन्द्रीय बैंकले जानकारी दिएको छ। ९ महिनाको अवधिमा २ लाख ५६ हजार ३१ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रमम स्वीकृति लिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ। अघिल्लो वर्षको अवधिमा यस्तो स्वीकृति लिनेको संख्या ७४.९ प्रतिशतले घटेको थियो।  

यस्तै, पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या पनि १९९.९ प्रतिशतले बढेर २ लाख ६ हजार ६२९ पुगेको राष्ट्र बैंकले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनकोशी र बुढीगण्डकीमा सतर्कता तह पार, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
मर्स्याङ्दी नदीमा पानीको सतह खतरा तहभन्दा माथि, सतर्क रहन आग्रह
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपै... बुधबार, भदौ १७, २०८३
स्थानीय तहलाई थप ६ करोड ७५ लाख प्राधिकरणको आज बसेको बैठकले रसुवा जिल्लाका उत्तरगया गाउँपालिकालाई ७५ लाख, गोसाइकुण्ड गाउँपालिकालाई १ करोड, कालिका गाउँपालिकालाई ३० ल... मंगलबार, भदौ १६, २०८३
अन्तर्राष्ट्रिय सहयोग कहाँबाट कति आउँदै? त्यसमध्ये एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा भइसकेको छ। निकासापछि कोषमा ५ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रुपैयाँ म... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
सुनकोशी र बुढीगण्डकीमा सतर्कता तह पार, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह बुधबार, भदौ १७, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, भदौ १७, २०८३
मर्स्याङ्दी नदीमा पानीको सतह खतरा तहभन्दा माथि, सतर्क रहन आग्रह बुधबार, भदौ १७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, भदौ १७, २०८३
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्