काठमाडौं- सर्वोच्च अदालतले न्यायाधीश विश्वम्भर श्रेष्ठको संयोजकत्वमा मुद्दा व्यवस्थापन समिति गठन गरेको छ।
कायम मुकाम प्रधानन्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा बसेको सर्वोच्चको पूर्ण बैठक(फुलकोर्ट) ले समिति बनाएको हो।
समितिका अन्य सदस्यहरु भने तोकिएका छैनन्। मुद्दा व्यवस्थापन समितिलाई आवश्यक गृहकार्य गरी सुधारका मार्गचित्र सहितको कार्ययोजना तयार गर्ने जिम्मेवारी प्रदान गरेको छ।
सर्वोच्च अदालतका सबै न्यायाधीशहरु सहित बसेको पूर्ण बैठक समक्ष न्यायाधीश तिल प्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनिकरण गर्ने तथा न्यायिक सुधारका लागि चाल्नुपर्ने विविध उपायहरु सहितको प्रस्तुति गरेका थिए।
प्रस्तुति पछि सर्वोच्च अदालतका न्यायाधीश तथा कायम मुकायम प्रधान न्यायाधीशज्यू कार्कीले आफ्नो धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।