काठमाडौं– आर्थिक वर्ष २०७८\७९ को ९ महिनामा कुल वस्तु आयात ३२ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको वैशाखसम्म कुल १४ खर्ब ६६ अर्ब रुपैयाँको आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनमा यो १३.१ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ।
वस्तुगत आधारमा यो वर्ष पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टस्, सुनलगायतका वस्तुको आयात बढेको छ। त्यसैगरी, रासायनिक मल, सिमेन्ट, दाल, मोलासीस सुगरलगायत वस्तुको आयात भने घटेको राष्ट्र बैंकका्े तथ्यांकमा उल्लेख छ।
समीक्षा अवधिमा निर्यात पनि ६९.४ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको वैशाखसम्म १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँको वस्तु नेपालबाट निर्यात भएको राष्ट्र बैंकको तथ्यांक छ।
नेपालबाट निर्यात भएका मुख्य वस्तुमा पाम तेल, सोयाबिन तेल, धागो, ऊनी गलैंचा, पिनालगायत रहेको छ।
निर्यात बढे पनि उच्च आयातका कारण व्यापार घाटा भने चुलिएको छ। समीक्षा अवधिमा नेपालको व्यापार घाटा बढेर १३ खर्ब ६ अर्ब ९ करोड पुगेको छ। गत आवको सोही अवधिको तुलनामा व्यापार घाटा २८.५ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।