काठमाडौं– वाणिज्य बैंकहरुले जेठमा ब्याजदर नबढाउने भएका छन्।
नेपाल बैकर्स संघको बुधबार सम्पन्न बैठकले जेठ महिनाका लागि यसअघिकै ब्याजदर कायम गर्ने निर्णय गरेको हो।
वाणिज्य बैंकले एक वर्षको मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिइरहेका छन्।
वाणिज्य बैंकले ब्याजदर नबढाउने भएपछि विकास बैंक र फाइनान्स कम्पनीले पनि ब्याजदर नबढाउने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।