काठमाडौं– विराटनगर महानगर पालिकामा एमालेबाट उपमेयरको उम्मेदवार बनेकी शिल्पा निरौला कार्की विरुद्धको मुद्दाको सुनुवाइ सरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासमा पेसी रहेको उक्त मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको हो।
वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा उनको उम्मेदवारी रद्द हुनुपर्ने जिकीर रिटमा गरिएको थियो। उपमेयरका अर्का प्रतिस्पर्धी अमरेन्द्र यादवले रिट दायर गरेका थिए।
उक्त रिटमा दुबै पक्षको बहसका लागि आजको मिति तोकिएको थियो। आज हुने सुनुवाइ गरेपछि अर्को पेसी कहिल्यै तोकिने साँझसम्म थाहा हुने सर्वोच्चले जनाएको छ।
बैशाख ३० गते अघि उक्त मुद्दाको पेसी तोकिएन भने उनले निर्वाचनमा भाग लिन पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।