काठमाडौं- निर्वाचन आयोगले बुधबार र बिहीबार मतदाता शिक्षा दिने भएको छ।
सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमूना मतपत्रमा मतदान गर्न सिकाउने छन्।
टोलीलाई आयोगले यसअघि नै मतदाता शिक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्न निर्देशन दिइसकेको छ।
निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा निर्वाचनकै दिन दिइने गरिएकोमा यस पटक अघि नै गरिने भएको हो।
शुक्रबार स्थानीय तहको निर्वाचन हुँदै छ। निर्वाचनका लागि मंगलबार रातिदेखि मौन अवधि लागू भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।